२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्ड, देउवा र माधव नेपालबीच विश्वासको मतबारे छलफल

२०७९, ३ चैत्र शुक्रबार ०८:०१

चैत ३, काठमाडौँ | उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनका शीर्ष नेतासँग संवाद गरेका छन् ।

उपराष्ट्रपतिका लागि मतदान गर्न बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् । 

कांग्रेस नेता रामहरि खतिवडाका अनुसार तीन नेताबीच बानेश्वरको संसद् भवन परिसरमा विश्वासको मतको विषयमा छलफल भइरहेको हो ।


‘उपराष्ट्रपति निर्वाचनको एक दुईदिनमै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको छ,’ खतिवडाले भने, ‘यसैको तयारीका लागि प्रधानमन्त्री, कांग्रेस सभापति र समाजवादीका अध्यक्षबीच छलफल भएको हो ।’ 

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।

यी तीन दल सरकारबाट बाहिरिए पनि सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत यसअघि नै दिएकाले प्रधानमन्त्रीसँग बहुमत कायम छ । तर, संविधानअनुसार सरकारमा सहभागी कुनै दल बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीलाई कांग्रेस, माओवादी, जसपा, नेकपा एस, लोससा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलको साथ छ । 

विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकार पुनर्गठनको तयारी पनि गरेका छन् । प्रधानमन्त्रीले १० चैतसम्ममा विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारी गरेका हुन् । अहिले प्रधानमन्त्रीसँग १६ वटा मन्त्रालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै