2026-07-24 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्डलाई कुन कुन दलले विश्वासको मत दिँदैछन् ?

चैत ३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते  विश्वासको मत लिँदै छन् । सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

कांग्रेस, माओवादी केन्द्रसहित आठ दलले विश्वासको मत दिने पक्का जस्तै छ । सत्ता साझेदार दलबाट मात्रै प्रधानमन्त्री प्रचण्डले  १५१ मत पाउने छन् । सत्ता साझेदार दलबाट मात्रै प्रचण्डले सजिलै विश्वासको मत पाउने अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै निर्णय गरेको छैन । ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेका छैनौँ’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने समय अझै बाँकी भएकाले बैठक बसेर निर्णय सार्वजनिक गर्ने छौँ ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा बस्ने भएको छ । आफूहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पुगेकाले प्रतिपक्षमै बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘हामीले सबैभन्दा पहिले सरकारबाट बाहिरिएका हौँ । हामी बाहिरिएकै कारण प्रधानमन्त्री ज्यूले विश्वासको मत लिने अवस्था भयो’ श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा भएन । हामी प्रतिपक्षमै बस्छौँ ।’

नेकपा एमाले भने प्रमुख प्रतिपक्षमै बस्ने निर्णय गरी सकेको छ । सरकारबाट बाहिरिए लगतै एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आगामी चैत दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने माओवादी निकट नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक