2026-07-25 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड राख्न प्रधानमन्त्रीको निर्देशन

चैत ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै खेलाडीहरुलाई पुरस्कार समेत घोषणा गरेका छन् ।

आएसीसी विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सबै खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा हुन् ।

शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनले भने, ‘तपाईहरुले खेल्नुभएको यो खेलमा तपाईहरु सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट तीन तीन लाख दिने घोषणा गर्दछु ।’

उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जाँदा त्यहाँको व्यवस्थापन पक्ष कमजोर देखेको बताउँदै सुधारका लागि निर्देशन दिएका बताए । उनले भने, ‘मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छु । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ । सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ । देशका विभिन्न ठाउँमा, अझ चितवनमा । त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक