2026-07-24 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बुधबारदेखि मौसममा सुधार आउँछ : मौसमविद

चैत ७ काठमाडौं । बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हिजोआजको तुलनामा बुधबारदेखि भने मौसम सफा हुने वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । ‘पानी पर्दै नपर्ने होइन, तर हिजो र आजको तुलनामा कम पानी पर्छ,’ कँडेलले भनिन् ।

अहिले प्रिमनसुन सिजनको समय छ । यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जन/चट्याङसहित पानी परेको छ । प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गर्दछ ।

केही दिनयता पश्चिमदेखि पूर्वी नेपालसम्मै पानी परिरहेको र उच्च हिमाली भेगमा हिउँ परिरहेको कारण यही हो । त्यसैले यो समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे पनि पर्याप्त जानकारी लिन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँद भनिन्छ । तर यस वर्ष फागुन दोस्रो हप्तामा मात्र हिउँदे वर्षा भएको थियो । यस वर्षको हिउँद अवधिभर ३४.२ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएकोमा औसत ११.७ मिलिमिटर मात्र वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक