2026-07-24 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव, झलनाथसहित नेकपा एसका नेताले प्रचण्डलाई सुनाए तीन मन्त्रालयको बटमलाइन

चैत १४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने अन्तिम तयारी गरेपछि नेकपा एसका नेताहरूले प्रधानमन्त्री भेटेका हुन् । गठबन्धनमा रहेको कांग्रेसले राष्ट्रपति, माओवादी प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाइसकेकाले अब आफूहरूको रोज्ने पालो भएको बताएका छन् ।

उनीहरूले प्रचण्डसँग आफूहरूले गृहमन्त्रालयको अडान राखेको स्रोतले बतायो । उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भएपनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश दिएर फर्किएका छन् ।

प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् । यस्तै, प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव संयुक्त रुपमा राखेका छन् ।

एसले तीन मन्त्रालय लिएर पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने आज ४ बजे गठबन्धनको बैठक बोलाएका छन् । तर, गृहमन्त्रालय माओवादी आफैले राख्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक