2026-07-24 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

चैत २०, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताउनुभएको छ । उहाँले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो । प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्दै उहाँले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

“गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्तविक जनताका मुद्दा प्रहरीले सुनिदिनुपर्छ र हेरिदिनुपर्छ”, अनुगमनका क्रममा उहाँले भन्नुभयो, “ लाभ र सुविधा केन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।”

सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ छ । प्रहरी सङ्गठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासम्म पुग्ने उहाँको भनाइ छ । परिवर्तनको रक्षाका लागि पनि कार्यशैलीमा सुधार गर्दै जनताले त्यसलाई अनुभूति गर्नुपर्ने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी सङ्गठनको कामबाट नै  जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।”

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवा सुविधा दिन राज्यका निकाय क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गर्नुभएको थियो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्समार्फत सातवटै प्रदेश प्रहरी कार्यालय, गण, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा सबै जिल्लाका प्रहरी प्रमुखलाई सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक