2026-07-24 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पैसाको डिल गरेको अडियो आएको हो, लेनदेन भएको छैनः रवि लामिछाने

चैत ३०, तनहुँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको बताएका हुन्।  

‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमूक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो,’ लामिछानेले भने। उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।  

‘त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौं। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौं, पद्धतीलाई हेरेर निर्णय गरेका हौं,’ लामिछानेले भने। लामिछानेले पार्टीमा रहेका सबैलाई राम्ररी चिन्न नसकिएको दोहोर्‍याए। 

‘एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएन? भ्रष्टाचारलाई शून्य सहनशीलताको रुपमा लियो कि लिएन? गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्यो,’ उनले भने। 

लामिछानेले नेपालका राजनीतिक दलले ७० वर्षमा नगरेको अभ्यास र अनुभव ९ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपरेको पनि बताए।

‘यसले भोग्नुपरेका समस्याहरु यसमाथि लगाइएका बारहरु सम्भवतः राजनीतिक दलहरुले ७० वर्षसम्म पनि पार गरेका छैनन् होला तर यी सबै घुम्तीहरुलाई हामीले पार गर्दै आयौं,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक