२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लामिछानेले निर्वाचन जिते पुन: उपनिर्वाचन हुने निश्चित छ : योगेश भट्टराई

२०८०, ३ बैशाख आईतवार ०६:५५

बैशाख ३, काठमाडौँ | नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेको बताएका छन्। आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन : उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका हुन्।

उनले सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको टिप्पणी गरे। गृहमन्त्री हुँदा लामिछानेले सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्का दिएको कुराले उनको चरित्र प्रष्ट भएको बताए। 

लामिछानेको भर्जिनिटी समाप्त भएको उनको भनाई छ। ‘उहाँको भर्जिनिटी समाप्त भइसक्यो , उहाँ अर्गानिक हुनुहुन्न। गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पारे।’ उनले भने , ‘मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ। हामी माथि सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उनैको धज्जी उडायो।’ 

नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाटेको बताए। ‘लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाजलाई ढाट्नु अपराध हो।’ भट्टराईले भने ,‘यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्थ्यो। तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ। ’

नागरिकता प्रकरणमा लामिछाने दोषी देखिपछि सर्वोच्च अदालतले उनको पद खारेज गरेको थियो।  बैशाख १० गते चितवन-२ मा उपनिर्वाचन हुँदैछ। एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै