Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

२०८०, ३ बैशाख आईतवार ११:४०

बैशाख ३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।

आरोपीहरूले बदनियत पूर्वक मिलेमतोमा अस्वाभाविक लागत अनुमान तयार गरेको र स्वीकृत सम्झौता विपरीत ट्रान्सफर्मर र जेनेरेटर स्वीकार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाखभन्दा बढी बिगो मागवादी लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीहरूले सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरेको भेटिएको छ ।

अख्तियारले केन्द्रका मेकानिकल सी.डी.ई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४७ लाख बिगो मागवादी लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रको प्रतिनिधिको रूपमा खटिएका पोखरेल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख बिगो मागवादी लिइएको छ । पोखरेल अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत छन् । आरोपीहरूले आवश्यकता नै नभएको बल्क फ्युल ट्यांक सिस्टम खरिद गरेर सरकारी रकम दुरुपयोग गरेको आयोगको ठहर छ । आयोगले शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता मित्रलाल पुरौलाई विपक्षी बनाएको छ ।

मनिकमान महर्जनसँग ३ करोड ४४ लाख बिगो मागवादी लिइएको छ । लेखा अधिकृत रामबहादुर बुढासँग १९ करोड ८८ लाख मागवादी लिइएको छ । लेखा अधिकृत बुढाले अहिले अवकाश पाइसकेका छन् । शाखा अधिकृत शिरीष उपाध्यायसँग ४० करोड १ लाख मागवादी लिइएको छ । आयोगले इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधानसँग २३ करोड ४४ लाख मागवादी लिएको छ । भुवन महर्जनसँग ४३ करोड ५७ लाख मागवादी लिइएको छ ।

सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको आयोगका प्रवक्ता (सहसचिव) दाहालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै