2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा जिल्ला समिति गठन गर्ने तयारी

रवि पाण्डे,  असोज ९, नवलपरासी । नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चाले जिल्ला समिति गठन गर्ने तयारी गरेको छ । राष्ट्रप्रेमी, देशभक्त, पहिचानवादी एंवम् अग्रगामी शक्तिका रुपमा मोर्चालाई बिस्तार गर्नका लागि मोर्चाले नवलपरासीमा जिल्ला समितिका साथै सबै गाविसमा गाउ कमिटी बिस्तार गर्ने निर्णय गरेको हो । मोर्चाका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चाका नेता बृजदेव पाण्डेका अनुसार देशभक्त जनगणतान्त्रिक मोर्चाले यही असोज १९ गते परासीमा जिल्ला भेला गरी मोर्चा गठनको घोषणा गर्ने तयारी गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको बैद्यानिक मोर्चाका रुपमा सो जनगणतान्त्रिक मोर्चा रहने नेता पाण्डेले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादी नवलपरासीको शनिवार आरुङखोलामा सम्पन्न सचिवालय बैठकले देशभक्त जनगणतान्त्रिक मोर्चाको संगठन बिस्तार गर्ने निर्णय गरेको थियो । पार्टीलाई बिस्तारै अर्धभुमिगत बनाउदै बैद्यानिक मोर्चाबाट राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा संर्घष गर्ने बैद्य माओवादीका राष्ट्रिय भेलाको म्यान्डेट बमोजिम मोर्चा गठन हुन लागेको सो पार्टीनिकट स्रोतले जनाएको छ । मोर्चामा २५ प्रतिशतक्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहने बुझिएको छ ।

त्यस्तै क्रान्तिकारी माओवादी नवलपरासीको सचिवालय बैठकले कार्तिक महिना सम्म बिशेष आर्थिक अभियान, पार्टी सदस्यता आवेदन तथा मंसिर महिनाभित्र सदस्यता नवीकरण सम्पन्न गरी जिल्ला सम्मेलन तयारी गर्ने समेत निर्णय भएको जिल्ला सेक्रेटरी संकल्पले जानकारी दिनुभयो । पार्टीलाई आत्मनिर्भर बनाउन एक कमिटी एक उत्पादन को सम्भाब्यता अध्ययन गर्ने सो पार्टीले बताएकोछ । बैठकमा सातै वटा इलाकाबाट क्रमश आर्दश,प्रताप,पिताम्बर, के.वी,.चोला र लालसिंहले रिर्पाेटिङ गर्नुभएको बताइएकोछ । त्यस्तै बैठकमा क्रान्तिकारी माओवादीका जनबर्गाीय संगठन तथा मोर्चाबाट पनि बैठकमा रिर्पाेटिङ गरिएको थियो ।

जसअनुसार क्रान्तिकारी युवा लिगबाट उत्तम थापा ,सुकुम्बासीबाट चुडामणि भण्डारी, किसानबाट छबिलाल खरेल शिक्षकबाट  दीपक अर्याल  थारु मोर्चाबाट दुर्गा चौधरी महिलाबाट गिता पाण्डे, कुमाल मोर्चाबाट श्याम कुमाल,जनसांस्कृतिक बाट बोल्गा नेपाल, मगर मोर्चाबाट पिताम्बर फाल मगर र सुचना तथा संचारबाट रवि पाण्डेले आ–आफ्नो जिम्मेवारीबारे रिर्पाेटिङ गरेको बुझिएको छ । बैठक नेकपाक्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा नवलपरासीका ईञ्चार्ज अशोक लम्साल अनुकुलको अध्यक्षता जिल्ला सेक्रेटरी संकल्पको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई