१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ : उपप्रधानमन्त्री श्रेष्ठ

९ बैशाख २०८०, शनिबार ०९:२५

बैशाख ९, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताउनुभयो । 

प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलको आवश्यकता रहेको बताउनुभयो । “संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ ।”

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको भन्दै उहाँले संविधानमार्फत उपलब्धिलाई संस्थागत तथा सेना समायोजन सम्पन्न भएको र अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम बाँकी रहेको बताउनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगलाई पूर्णता दिएर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सकिने उहाँको भनाइ छ । 

“शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ”, उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नु वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताउनुभयो । मुलुकलाई आर्थिक सामाजिकरुपमा समृद्धि बनाउने तत्कालिक कार्यभार भएको उहाँको भनाइ छ । 

प्रेस सेन्टरका इञ्चार्ज महेश्वर दाहालले श्रमजीवी पत्रकारको हितमा सेन्टरले आवाज बुलन्द गर्दै आएको बताउनुभयो । अहिले श्रमजीवी पत्रकारको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको दायित्व पूरा गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्नुपर्छ, राज्यको रु छ अर्बको विज्ञापन छ, त्यो विचौलियाको हातमा छ, यसलाई सरकारले व्यवस्थित बनाउन सक्यो भने मात्र मिडिया बाँच्दछ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रामेछाप बस दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन फिफा वरियतामा नेपालको एक स्थान सुधार बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर यू १९–एसिया कप: नेपाललाई पहिलो सफलता, हेमन्तले लिए विकेट आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा ’एनपिएल’ को हरेक चौकामा एनसेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै