2026-07-06 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे भगाउने धूप तथा लामखुट्टे भगाउने लिक्विडसम्म नभएको गुनासो गरेकी छन् ।

पार्टी सभापति रवि लामिछाने अहिले कास्की कारागारको हिरासतमा छन् । उनले यसै बेला पोखरामा ६४०० भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको भन्दै गृहमन्त्रीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएकी हुन् ।

उनले यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने समेत भनेकी छन् ।

यस्तो छ तोसिमाको स्ट्याटस
‘माननीय गृहमन्त्रीज्यू, -देशै भरी मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ। कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ। कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र रु एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु। यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्। थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै