2026-07-06 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा

काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको कामप्रति आफ्नो दल पूर्ण सन्तुष्ट रहेको बताएका छन्। देउवाले सरकारका प्रारम्भिक १०० दिनलाई ‘हनिमुन डेज’ भनेर व्याख्या गर्दै काम राम्रो गरेको र असन्तुष्टि जनाउने कुनै कारण नरहेको दाबी गरेका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री देउवाले विपद् व्यवस्थापन, राहत, र उद्धारमा सरकारको सक्रियता प्रशंसनीय रहेको बताएका छन्। “बाढीपहिरोमा सरकारले समयमै उद्धार कार्य गरेको छ, हेलिकप्टरबाट उद्धार भएको छ, मान्छे पठाइएको छ,” देउवाले भने। साथै उनले ओली नेतृत्वको सरकारको कामबाट कांग्रेस असन्तुष्ट नभएको र दुई वर्षसम्मको सरकारको अवधिमा सहकार्यको प्रतिवद्धता रहेको स्पष्ट पारे।

देउवाले भने, “ओली नेतृत्वको सरकारसँग हाम्रो कुनै असन्तुष्टि छैन। सानातिना समस्याहरू स्वाभाविक हुन्, तर त्यस्तो असन्तोषजनक अवस्था छैन।” कांग्रेस र एमालेबीचको सुदृढ सहकार्य र साझा उद्देश्यको प्रतिबद्धता रहेको र यसले स्थायीत्वको सन्देश दिन सफल हुने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा