2026-07-25 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीके राउतले भने- मलाई बुथमा जान प्रहरीले रोक्यो, छातामा छाप हानिएका मतपत्र बाहिरै भेटिए

वैशाख १०, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सत्ता गठबन्धन उम्मेदवार जसपाका उपेन्द्र यादवलाई जिताउन सत्तागठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासन परिचालन गरेर बुथ कब्जा गरेको उनको भनाई छ । उनले बुथ कब्जा रोक्न जाँदा आफूलाई प्रहरीले रोकेको बताए ।

उनले छातामा छाप लगाइएको मतपत्र बाहिरै जताततै भेटिएको जिकिर गरे ।

राउतले भने, ‘मलाई अनुगमनका लागि निर्वाचन आयोगले अनुमति दिएको छ । म जाँदा उहाँहरूलाई अफ्ठ्यारो पर्ने भयो भनेर मलाई यो बजारमा रोकियो । यहाँ आसपास बुथ पनि कतै छैन । आफूहरूले गरेको बुथ कब्जाको पर्दाफास नहोस् । र, सिल गरेर लैजान सकियोस् भनेर हामीलाई उहाँ रोकिएको छ ।’

बाराका सीडीओलाई मधेश प्रदेशका मुख्यमन्त्री र उम्मेदवारहरूले घुस दिएर मिलाएर राखेको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक