2026-07-24 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मनमोहनका विचार र कामलाई अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : ईश्वर पोखरेल

बैशाख १३, काठमाडौँ | नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए ।

वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको उनको जिकिर छ ।

पोखरेलले भने, ‘मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक