2026-07-25 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फ्लाई दुबईको उडानमा छैन समस्या, कन्ट्री म्यानेजरलगायतमाथिको कारबाही कहिले हुन्छ फिर्ता ?

बैशाख १३, काठमाडौँ | विनाप्रमाण गलत सूचना फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजरसहित २ जनालाई हिजो कारवाही ग-यो । प्राधिकरणले उनीहरुलाई त्रिभुवन विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

फ्लाई दुबईका अन्य कर्मचारीहरुले भने काम गरिरहेका छन् । कारबाहीमा परेका दुई अधिकारीले पनि विमानस्थल बाहिरबाट काम गरिरहेका छन् ।

तर फ्लाई दुबईको उडान के हुन्छ ? जहाजको टिकट काटेकाहरु धेरैले चासो व्यक्त गरेका छन् ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले फ्लाई दुबईले गलत सूचना प्रवाह गरेकाले त्यसका कन्ट्री म्यानेजरसहित २ जनालाई विमानस्थल प्रवेशमा मात्रै रोक लगाएको बताए ।

उनले नेपालप्रेससँग भने, ‘विमानस्थल प्रवेशमा मात्रै रोक लगाइएको हो । उनीहरुले बाहिर बसेर पनि काम गर्न सक्छन् । फ्लाई दुबईका २ जनाबाहेकका अन्य कर्मचारीले विमानस्थलभित्र बसेर काम गरिरहेका छन् । उडानहरु भइरहेको छ ।’

उनीहरुमाथिको कारबाही कहिले फिर्ता हुन्छ भन्ने नेपालप्रेसको प्रश्नमा निरौलाले भने, ‘अब फ्लाई दुबईले आधिकारिक रुपमा किन रोक लगाएको प्रश्न गर्छ । अनि हामीले किन चरा ठोकिएको भनेर गलत सूचना फैलाएको भनेर सोध्नेछौं । फ्लाई दुबईले दिएको उत्तर चित्त बुझ्दो भएमा कारबाही फिर्ता हुन्छ । कति दिनमा फिर्ता हुन्छ भनेर दिन नै तोकेर भन्न सकिँदैन ।’

गत सोमबार राती ९ः२० बजे त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाजमा चरा ठोकिएको कम्पनीले जनाएको थियो । काठमाडौंको कोटेश्वर, जडिबुटीतिरका जनताले उडिरहेको जहाजमा अस्वाभाविक आवाजसँगै आगोको झिल्को देखेका थिए ।

विमानस्थल स्रोतका अनुसार उडेको एक मिनेटपछि नै पाइलटले जहाजको बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक