By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    18 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    19 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    23 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गाडी, चालक र पीएसओ काठमाडौंमा, तर भेटिँदैनन् एमाले सचिव टोपबहादुर!
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > गाडी, चालक र पीएसओ काठमाडौंमा, तर भेटिँदैनन् एमाले सचिव टोपबहादुर!
राजनीति

गाडी, चालक र पीएसओ काठमाडौंमा, तर भेटिँदैनन् एमाले सचिव टोपबहादुर!

साझासवाल
Last updated: May 5, 2023 8:04 am
साझासवाल
6 Min Read
Share

बैशाख २२, काठमाडौँ | नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएका बेला रायमाझी बुधबार अर्चाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेका थिए। उनी कार्यक्रममै रहेको बेला पक्राउ पूर्जी जारी भएको विषय सार्वजनिक भएको थियो। त्यसपछि रायमाझीले कानुनलाई सहयोग गर्ने बताएका थिए। 

पक्राउ पूर्जी जारी भएको, रायमाझीले ‘कानुनलाई सहयोग गर्छु’ भनेनको ३ दिन बित्न लाग्दा पनि उनी सम्पर्कविहीन छन्। अर्घाखाँचीबाट उनी कार्यक्रम सकेर बुधबार राति नै काठमाडौं आउने तयारीमा थिए। प्लेनमार्फत् काठमाडौं आउने भन्दै उनी आफ्नै गाडीमा भैरहवासम्म पुगेका थिए। तर त्यसपछि भने प्लेनको टिकट रद्द गरेर उनी सम्पर्कविहीन भए। प्रहरी अनुसन्धान अधिकारीका अनुसार रायमाझीको फोन बुधबार रातिसम्म सक्रिय (अन) थियो। अन्तिम लोकेशन पनि भैरहवा नै देखिएको थियो। त्यसपछि भने उनी सम्पर्कबिहिन भएको पाइएको छ। 

उनको खोजी भइरहे पनि अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रमुख दानबहादुर कार्कीको भनाइ छ। ‘उहाँ (रायमाझी) को खोजी भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन,’ एसएसपी कार्कीले भने। 

मोबाइल अफ गरेर सम्पर्कबिहिन भएपछि रायमाझीका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) सँग सम्पर्क गरेर पक्राउ गर्ने तयारी गरेको थियो। तर रायमाझीका पीएसओ भने अर्घाखाँची नगइ काठमाडौंमै रहेको खुलेको थियो। ‘दुई दिनको कार्यक्रम हो। जानु पर्दैन भनेर रायमाझीले भनेपछि पीएसओ अर्घाखाँची नगएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो।

भैरहवासम्म अन्तिम लोकेसन देखिएपछि प्रहरीले भैरहवामा पनि खोजी गरेको थियो। सो क्रममा उनको गाडी फेला परे पनि उनी भने फेला परेनन्। रायमाझीको गाडी बिहीबार काठमाडौंतर्फ आएको भन्ने सूचना आएपछि परिसर काठमाडौंको टोली खोजीमा जुटेको थियो। सो क्रममा गाडी र चालक रायमाझीको घरमा आइपुगे पनि उनी भने फेला नपरेको प्रहरी स्रोतले जानकारी दियो। 

‘रायमाझीको गाडी आएको भन्ने सूचना आएपछि हामीले खोजी गर्दा चालकले गाडी लिएर आएको भेटिए पनि उहाँ भेटिनु भएन,’ प्रहरी स्रोतले भन्यो। 

बिहीबार राति अबेरसम्म खोजी खोजी भए पनि उनी फेला परेनन्। त्यसअघि बिहीबार रायमाझी आफैंले प्रहरीलाई फोन गरेर आफैं प्रहरी कार्यालय उपस्थित हुने बताएका थिए। ‘पूवमन्त्री, एमालेको सचिव र सांसद जस्तो व्यक्ति उपस्थित भाइहाल्लान् भनेर अरु धेरै सोच्ने कुरा पनि भएन। त्यहाँमाथि उहाँ आफैंले उपस्थित हुन्छु भनेपछि विश्वास पनि गरियो। तर पछि उहाँ सम्पर्कबिहिन हुनुभयो,’ परिसरका एक प्रहरी अधिकारी भन्छन्।

रायमाझी अहिलेसम्म पक्राउ नपर्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार भएको भेटपछिको विकसित घटना हुनसक्ने पनि विश्लेषण गरिएको छ। 

प्रधानमन्त्री कार्यालयले औपचारिक रुपमा ‘नीति तथा कार्यक्रमका साथै बजेटमाथि छलफलका लागि ओलिसँग भेट भएको’ बताएको छ। तर, एमाले अध्यक्ष ओलीले सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यमय भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन्।

यस विषयमा आफूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको समेत ओलीले बताएका छन्। 

आरोपितमध्येका एक सानु भण्डारीले चैत १३ गते दिएको बयानमा लिएको नाम सरकारी वकिलको कार्यालयले टिप्न नमानेको विषय उठान गर्न ओली प्रचण्डकहाँ गरेको स्रोतको दाबी छ। सत्ता पक्षका केही नेता र उनीहरूका छोराहरुको नाम पनि त्यो बयानमा परेको एमालेको दाबी छ।

रायमाझी फरार भए पनि उनका छोरा सन्दीपलाई भने प्रहरीले रुपन्देहीबाटै पक्राउ थियो। सन्दीपविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पहिलो चरणमा ३ दिनलाई थुनामा राख्न अनुमति दिएको छ। 

यसअघिनेपाल सरकारका सचिव तथा हाल उपराष्ट्रपति कार्यलयमा रहेका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिएको थियो। उनलाई अहिले सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ।  

पाण्डे गृहसचिव रहेका बेला यो ठगी गिरोहका नाइकेहरुसँग कनेक्सन देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। 

त्यसअघि एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पनि पक्राउ परेका थिए। ललितपुरको ठेचोस्थित घरबाटै राईलाई प्रहरीले पक्राउ गरिएको थियो।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा, सचिव टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।

यही प्रकरणमा एमाले नेता रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। उनीहरु भने अहिलेसम्म फरार छन्। 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए। 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभइ नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आज विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण
Next Article संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTराजनीति

कुश्मा नगरपालिकामा राप्रपाबाट मेयरमा पौडेल र उमपेयरमा गिरी उठ्ने !

57 years ago
राजनीति

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ : ज्ञानबहादुर शाही

57 years ago
काठमाडौँ - KTMदोलखा - DLKHराजनीति

दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता

57 years ago
राजनीति

झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?