Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत

२०८०, २८ बैशाख बिहीबार १२:०९

वैशाख २८,  काठमाडौँ |  नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण विशेष व्यवस्था गर्न म्याद थप हुँदा आदेश भएको बताउँछन् ।

‘तर जिल्ला प्रहरी परिसर, टेकुमा त्यस्तो विशेष व्यवस्था केही छैन,’  उनले  भने, ‘यहीँ भएको एउटा छुट्टै कोठामा राखेका छौं।’ हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त पनि नहुने प्रहरी अधिकृतहरु बताउँछन् ।

‘बयान भइनसकेको अवस्थामा सल्लाह गर्ने अवस्था पाउनसक्छन्, त्यसैले छुट्टाछुट्टै राखेका हौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका ती अधिकृतले भने । खाँणलाई हालसम्म भेट्न परिवारका सदस्य र शुभेच्छुकहरु मात्र आएका छन् । हालसम्म नेताहरु उनलाई भेट्न नपुगेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘प्रदेशका एक जना सांसद् चाहिँ आउनु भएको थियो, अरु खासै आउनु भएको छैन’, ती अधिकृतले भने, ‘उनले यहीँ क्यान्टिनको खाना खाइरहनु भएको छ, भित्र उहाँको कपडाहरु भएको झोलाबाहेक अरु केही दिइएको छैन।’

प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ । त्यहाँ पनि उनलाई छुट्टै कोठामा राखेको छ । ‘उहाँको पनि स्वास्थ्य समस्या रहेछ, त्यसैले सँगै नराखिएको हो’, सिंहदरबार प्रहरीका एक अधिकृतले भने, ‘छुट्टै स्थानमा थुनेर राखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ