2026-07-24 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणको कनेक्सनबारे मुख्यमन्त्री चौधरीले दिए यस्तो प्रष्टीकरण

वैशाख ३१, काठमाडौँ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।

पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं बस्ने सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही मिडियामा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो ।

शनिबार चौधरी आफैँ गृहजिल्ला पुगेर यो विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । कांग्रेस नेता खाण पक्राउ परेपछि नेता चौधरी पूर्वनिधारित कार्यक्रम छाडेर काठमाडौं गएपछि झन् आलोचना बढेको थियो ।

प्रदेशको मुख्यमन्त्री बन्दा नेता खाणकै योजनमा बनेको, कांग्रेस नेतृ आरजु राण देउवासँग सहकार्यमा गैरसरकारी संस्था चलाएको, एमाले छाडेर कांग्रेससँग नजिकिएका र खाण गृहमन्त्री हुँदा सँगै हिंडडुल गरेका दाङका सन्देश रेग्मी पक्राउ परेको, दाङकै गजेन्द्र बुढाथोकी फरार रहेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा दाङकै धेरैजना पीडित भएको, चौधरीका भाइमार्फत धेरै दंगाली विदेशमा गएकाले मुख्यमन्त्री चौधरीलाई यो विषयमा जोडिएको आशंका गर्दै समाचार आएका छन् ।

‘मेरो नाम विभिन्न सञ्चारमाध्यममा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ, पत्रकारितामा समाचार लेख्दा केही आधार र प्रमाण त चाहिन्छ होला नि, त्यसै चरित्रहत्या गर्न त पत्रकारिताको धर्म होइन नि’, प्रेस युनियन दाङको अधिवेशनमा चौधरीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक