Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशम चौधरी भन्छन्–न्याय माग्न अब म कहाँ जाऊँ ?

२०८०, ३ जेष्ठ बुधबार ११:१३

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशम चौधरीले अब न्याय माग्न जाने ठाउँ कतै नभएको बताएका छन् । सर्वोच्च अदालतबाट समेत सफाई नपाएपछि न्याय दिने थलोबाट पनि न्याय प्राप्त नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

२०७२ साल भदौमा कैलालीको टिकापुरमा भएको नरसंहारमा दोषी ठहर भएका चौधरीको मुद्दामा सर्वोच्च अदालतले समेत दोषी ठहर गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । बुधबार सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले अन्तिम आशा राखिएको सर्वोच्च अदालतले पनि न्याय दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

चौधरीले सन्चारकर्मीसँग भने, ‘मलाई सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास थियो । किनभने आन्दोलनको नेतृत्व गर्नुबाहेक हत्याको घटनामा मेरो कुनै संलग्नता थिएन । तर सर्वोच्च अदालतले पनि मलाई नै दोषी देखाइदियो । अब म न्याय माग्न कहाँ जाऊँ ?’

चौधरीले भने, ‘तपाईँहरू (मिडिया) टिकापुर जानुस्, त्यहाँ प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै सोध्नुहोस् । रेशम चौधरीको अपराध के हो भनेर सोधिदिनोस् । त्यहाँका अछामी समुदाय र थारु समुदाय के चाहन्छन्, त्यो पनि सोध्नुहोस् । उनीहरुले म दोषी नै हुन् भनेर भन्छन् भने म फाँसीमा चढ्न पनि तयार छु ।’

यसअघि टिकापुर क्षेत्रबाट संघीय सांसदमा निर्वाचितसमेत भएका चौधरी आफूलाई फसाइएको दाबी गर्छन् । उनी भन्छन्, ‘मेरो संलग्नता कसले कहाँ देखेको हो ? मैले कसलाई मारेको हो भनिदिनु प¥यो नि त ? हक अधिकारको माग गर्दै भएको राजनीतिक आन्दोलनको जिम्मा मैले लिन्छु, तर अपराधको जिम्मा लिन म सक्दिन । तर तीन तहको अदालतबाटै सह प्रतिवादीको पोलकै आधारमा मलाई दोषी देखाइयो, प्रमाण खोजिएन ।’

डिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका चौधरीले जनताले न्याय दिएपनि अदालतले न्याय दिन नसकेको बताए । उनले भने, ‘पहिलोपटक म आफैँ निर्वाचित भएँ, त्यो पनि संघीय सांसदमा । मलाई कति प्रतिशत जनताले भोट दिएका थिए हेरे हुन्छ । त्यसपछि स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा म संलग्न रहेको पार्टीलाई दिएको मत हेरे हुन्छ । यसको अर्थ जनताले मलाई बुझेका छन्, जनताबाट मलाई न्याय भएको छ । तर अदालतबाट भने मलाई न्याय हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ