Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको प्रतिक्रिया- प्रश्नोत्तर कर्मकाण्डी भयो, प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन

२०८०, ४ जेष्ठ बिहीबार १०:५१

जेठ ४, काठमाडौँ | नेकपा (एमाले) ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको संसदमा दिएको जवाफलाई कर्मकाण्डीको संज्ञा दिएको छ ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ स्पष्ट नभएको बताए ।

उनले भने, ‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएर चाहिँ जीवन्त हुँदैन । प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ । माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो भए मात्रै यो आकर्षक हुन्छ । नत्र यो कर्मकाण्डी भयो ।’

कर्मकाण्डी प्रश्नत्तर कार्यक्रममा प्रधानमन्त्रीले केही गलत तथ्यांक ल्याएको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले केही ठिकै कुरा गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नुभयो । प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन । शरणार्थी प्रकरणमा अनुसन्धानमा उच्च पदस्थ र अरु मान्छेलाई जोगाउने कुरा आएको त्यो कुरामा प्रधानमन्त्री वा गृहमन्त्रीले यो केसमा मात्रै जवाफ दिनुपर्छ भनिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ