2026-07-25 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा एमाले र माओवादीबीच चर्काचर्की

जेठ ८, काठमाडौँ | प्रतिनिधि सभामा आइतबारबाट नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए। 

आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकोमा सोमबार पनि त्यसले निरन्तरता पाएको छ। सोमबारको बैठकमा छलफलमा सहभागी एमाले सांसद योगेश भट्टराई र माओवादी सांसद देवेन्द्र भट्टराईबीच ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा सवाल जवाफ भएको छ। 

एमाले सांसद योगेश भट्टराईले असहमती दर्ज गर्दै उक्त शब्द प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट उचारण गर्न लगाएको आरोप लगाए।  सांसद भट्टराई संविधान जारी भएपछि उक्त शब्द प्रयोग नभएको स्मरण गर्दै असहमती जाहेर गरे। 

‘यो २०७२ को संविधान पछि नेपालका कुनै पनि सरकारी दस्तावेजमा जनुयुद्ध भन्ने शब्द प्रयोग भएको छैन,’ सांसद भट्टराईले भने,‘पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रपतिबाट उचारण गर्नु लाउनु भएको छ।’

योगेशपछि छलफलमा सहभागी भएका माओवादी केन्द्रका देवेन्द्र भट्टराईले आन्दोलनको महत्वबारे स्मरण गराए। उनले योगेशलाई उक्त शब्दको अर्थ शब्दकोष पल्टाएर हेर्न अनुरोध गरे। 

‘माननीय ज्यूलाई एक पटक शब्दकोष पल्टाएर  हेर्न अनुरोध गर्छु। यो माछा युद्ध थियो? भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए? कि रुखहरु, ढुङ्गाहरु  लडेका थिए? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरुले लडेको युद्ध थियो,’ सांसद पौडेलले भने। 

उनले माओवदीले जनतालाई सार्वभौम बनाउन युद्ध लडेको दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ