2026-07-24 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मञ्जु-आरजूलाई लक्षित गर्दै रविले भने- प्रहरीसम्म जान रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस्

जेठ १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकामाथि छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटार, सिंहदरबार, मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आइरहेको छन्। नाम आएकै भरमा दोषी भन्न मिल्दैन तर, राज्यले छानबिन गर्न सक्छ नाम आएको व्यक्ति बेपत्ता हुन्छ त्यसपछि सामसुम हुन्छ।’

उनले कांग्रेस सांसदद्वय मञ्जु खाण र आरजू राणा देउवालाई लक्षित गर्दै बयान सकिएपछि संसदमा प्रकट हुनेदेखि मिडियामा तामा तुलसीको कसम खानेमाथि पनि छानबिन गर्नुपर्ने बताए।

उनले भने, ‘उहाँहरूलाई बरु प्रहरीसम्म रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस्। प्रधानमन्त्रीजी, तपाईँले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईँको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्। काम्दैन भनेको तपाईँको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’

उनले नाम जोडिएकाहरूलाई एक पटक बयानका लागि पनि नबोलाएर अविश्वासको वातावरण सिर्जना नगर्न आग्रह गरे।

उनले थपे, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईँहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। त्यसलाई रोक्नुस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक