जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण"/>
२०८३, १७ बैशाख बिहीबार
राजनीति

बजेटमा नीतिगत भ्रष्टाचार भएको पुष्टि भए मन्त्री छोड्छु : अर्थमन्त्री महत

२०८०, १६ जेष्ठ मंगलवार १०:४१

जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेटमा कतै भ्रष्टाचार पुष्टि भए आफूले मन्त्री पद नै छाड्ने बताएका छन् ।

आज अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पत्रकारले विद्युतीय साना किलोवाटका गाडीमा कर वृद्धि गरेको प्रश्नमा मन्त्रीले यस्ताे बताए ।

‘बजेट देश विकासका लागि बनेको छ । देशको विकासमा बजेट किन्द्रित छ । मैले बजेट निर्माणमा कुनै नीतिगत भ्रष्टाचार गरेको पुष्टि भए मन्त्री छोड्छु’, मन्त्री महतले भने, ‘राजस्व नीति तर्जुमा गर्दा कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने काम भएको छैन । व्यक्तिगत रुपमा कसैलाई लाभ पुग्ने गरी करका दर हेरफेर पनि भएका छैन ।’

मन्त्रीले विद्युतीय गाडी विक्रेताले धेरै नाफा खाएको समेत बताए । अब विद्युतीय गाडीको बिक्रीको नाफामा पनि हेर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

यो बजेटको मुख्य पक्ष भनेको पूँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी रहेको बताए ।

उनले भने, ‘साधारण खर्चमा पनि पूँजीगत बजेटको निकै ठूलो हिस्सा छ । शीर्षकगत रुपमा पूँजीगत बजेट तीन खर्ब दुई अर्बको भए पनि वास्तविक पूँजीगत खर्च ४ खर्ब ७१ अर्ब बराबर हुन् ।’

विद्युतीय गाडीको कर कति वृद्धि भएको छ ?

५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । यसभन्दा पहिले सरकारले १ सय किलोवाटसम्मकै सवारीलाई १० प्रतिशत मात्रै भन्सार महसुल उठाइरहेको थियो ।

त्यस्तै, ५० देखि १ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार तोकिएको छ भने १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।

१ सय देखि २ सय किलोवाट क्षमतासम्मका सवारीमा २०/२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको छ । यसअघि ३० भन्सार र ३० प्रतिशत अन्तशुल्क थियो । १ सयदेखि २ सय किलोवाटका गाडीमा अन्तशुल्क र कर गरी १० प्रतिशत घटेको छ ।

त्यस्तै, २ सयदेखि ३ सय किलोवाटका विद्युतीय गाडीलाई भन्सार शुल्क ४० प्रतिशत तोकिएको छ । यसभन्दा पहिले ४५ प्रतिशत थियो । ५ प्रतिशतले घटेको हो । अन्तशुल्क भने ४५ प्रतिशत नै रहेको छ ।

३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीमा भन्सार ८० प्रतिशत पुगेको छ । यसअघि ६० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु