2026-07-24 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सन्दीपको प्रकरणबारे गगनले भने- जीवनमै नखाएको गाली खाएँ, तर अहिले पनि मेरो तर्क त्यही हो

जेठ १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापा क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा राख्न नहुने अडान लिँदा तीव्र प्रतिक्रियाको सामना गर्नुपर्‍यो । त्यस विषयमा आज उनले एक सार्वजनिक कार्यक्रममा गुनासो गरेका छन् ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफूले जीवनमा कहिल्यै नखाएको गाली खाएको बताए । तर, अहिले पनि आफ्नो अडानमा कायम रहेको उनको भनाइ थियो ।

उनले सन्दीप प्रकरणलाई इंगित गर्दै भने, ‘केही समयअगाडि नेपालको एउटा प्रख्यात व्यक्तिलाई बलात्कारको घटनामा अभियोग लाग्यो । ठूलो मान्छेलाई होस् या साना मान्छेलाई, बलात्कार जस्तो जघन्य अपराधमा अभियोग लागिसकेपछि बराबर व्यवहार गर्नुपर्छ भन्ने मेरो तर्क रह्यो । अहिले पनि त्यो तर्क छ । त्यो भन्यावापत मैले जीवनमा सबैभन्दा बढी गाली खाएको विषय थियो होला त्यो । तर, मलाई केही पनि लाग्दैन । किनभने म सत्यको पक्षमा उभिएको थिएँ । त्यहाँ गाली, नाफाघाटा हेर्ने होइन । व्यक्ति पनि त्यही हो, पार्टी पनि त्यही हो ।’

गगन थापा र अर्का कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप हिरासतबाट छुटेपछि राष्ट्रिय टीममा नफर्काउन नेपाल क्रिकेट संघलाई दबाब दिएका थिए । सन्दीप टीममा पर्दा उनीहरुले सामाजिक सञ्जालबाट विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक