Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘सर्पकाण्ड’मा मेरो संलग्नता पुष्टि भए हत्कडी लाउन तयार छु : झलनाथ खनाल

२०८०, १८ जेष्ठ बिहीबार १०:३५

जेठ १८, काठमाडौँ | पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् ।

‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हत्कडी लाउन तयार छु’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका नेता खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । ‘अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।


आफ्नो राजनीतिक जीवन ६० वर्षको पुगेको भन्दै खनालले यस अवधिमा कुनै आपराधिक सोच नराखेको बताए । ‘मैले राजनीतिलाई कमाइ खाने धन्दा ठानेको छैन’ उनले भने ।सर्लाहीमा सर्पले टोकेको औषधिको रुपमा प्रयोग गर्ने एन्टी स्नेक भेनम बनाउन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारबाट अनुदान लिएको थियो । तर खनालले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

खनालले सर्लाहीमा सर्प फार्मको योजनामा आफ्नो नाम कसरी जोडियो भन्नेबारे पनि प्रष्टीकरण दिएका छन् । भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्नुपर्ने बताएका खनालले केही हल्ला मेरा बारेमा पनि चलेको भन्दै ‘सर्पकाण्ड’ बारे लामो व्याख्या गरेका थिए । खनाल २०७० सालमा नेकपा एमालेको अध्यक्ष थिए र संविधानभाको चुनावमा सर्लाही–१ बाट उम्मेदवार बनेका थिए । चुनावी अभियानका क्रममा एउटा घरमा पुग्दा ९/१० वर्षका बालक आँगनमा मृत अवस्थामा देखेको र बाबु आमा छाती पिटीपिटी रोइरहेको आफूले देखेपछि भावविह्वल भएको बताए ।

सर्पले टोकेर बालकको मृत्यु भएको उक्त घटनापछि आफूले सर्लाहीका एमाले नेताहरुलाई बोलाएर सर्पदंशको समस्याबारे सोधेका थिए । त्यतिबेला जिल्लाका नेताहरुले सर्लाही नेपालमा सबैभन्दा धेरै सर्प पाइने जिल्ला भएको र सर्पले टोकेर धेरैको ज्यान गएको जानकारी गराएका खनालले बताए । सर्पले टोकेपछि तत्कालै एन्टीस्नेक भेनम दिन सकेमा मात्र मान्छे बचाउन सकिने नभए मृत्यु हुने पनि जानकारी पाएको भन्दै खनालले त्यसपछि आफूले स्वास्थ्य मन्त्रालय र विशेषज्ञहरुसँग कुरा गरेको बताए ।

‘त्यसै दिन एउटा कमिटी बनाएर उच्चतम रुपमा हामीले के गर्न सकिन्छ प्रस्ताव अगाडि सार्नुस् म अगाडि बढाउँछु भनेँ’, खनालले भने, ‘त्यसपछि उहाँहरुले प्रस्ताव बनाउनुभयो । सर्पको भेनम निकाल्न सर्पकै विष निकाल्नुपर्छ । त्यसपछि घोडामा चेक गरिन्छ, त्यसलाई प्रशोधन गरेर भेनम बनाइने रहेछ ।’

त्यसका लागि सर्पफार्म, घोडाफार्म र भेनमको कारखाना बनाउनुपर्ने प्रस्ताव आएको उनले बताए । त्यसपछि सर्लाहीको टोलीले एउटा संस्था बनाउने भनेर आफूसँग भेट गरेको खनालको भनाइ छ ।

‘तपाईकै सोचविचारको उपज भएकाले, हामी झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौं त्यसमार्फत सरकारसँग कोल्याबरेसन गर्छौं, नाम राख्ने स्वीकृति दिनुप¥यो भन्न आउनुभयो’ खनालले भने ।

आफूले आनाकानी गर्दा पनि केही फरक पर्दैन भनेर विश्वास दिलाएपछि आफ्नो नाम राख्न अनुमति दिएको उनले बताए ।

‘मैले मेरो नाम राख्ने अनुमति जस्ट यत्ति दिएको हो । यसमा मेरो संलग्नता छैन, न म्यानेजमेन्टमा संलग्नता, न आर्थिक संलग्नता, खाली मेरौ नैतिक रुपमा संलग्नता मात्र हो’ उनले भने, ‘खाली नेपालमा यस्तो उद्यम बनोस्, भेनम बनोस्, नेपाली जनताले सेवा प्राप्त गरुन् मेरो चाहना हो ।’

पछि उक्त संस्थालाई प्रदेश सरकारले १२–१५ करोड रुपैयाँ दिएको थाहा पाएको भन्दै खनालले ७२ करोड लिएर झलनाथले क्वाप्पै खायो भनेर हल्ला चलाइएको बताए ।

‘केही मुठ्ठीभरका साइबर स्यालहरु छन् । तिनीहरुले यो प्रचार गर्छन्’ उनले भने, ‘तिनीहरुको काम अरु छैन कि, मेरो इन्टरभ्यू आएपछि तल (सामाजिक सञ्जालको कमेन्टमा आलोचना) थालिहाल्छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ