2026-07-25 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार प्रधानमन्त्रीलाई छैन : योगेश भट्टराई

जेठ २२, काठमाडौँ | नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमी विदेशीलाई बेच्ने अधिकार संविधानमा नभएको बताएका छन् ।  उनले सोमबारको संसद बैठकमा लिपुलेकको जमिन भारतलाई दिने भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ समेत माग गरेका छन् ।  एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणले समस्या समाधान नगरेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चर्को आलोचना गरे । 

‘हामीलाई चाहिएको थियो हवाइ मार्ग, २०१८ मा हामीले एउटा हस्ताक्षर गरेका थियौं । त्यसमा नेपालगञ्ज जनकपुर, भैरहवाको सम्झौता गरेका थियौ । आज किन भारत पछि हट्दैछ ?’, भट्टराईको प्रश्न छ । साथै उनले नेपाललाई दीर्घकालिन उmर्जा व्यापारमा सहमति चाहिएपनि पञ्चेश्वर लगायतमा किन ढिला भएको भनेर प्रश्न गरे । 

‘कालापानी, लिपुलेक लिम्पयाधुरा, कुनैपनि शर्तमा नेपालको संविधानले प्रधानमन्त्रीलाई नेपालको भूमी अरु कुनै विदेशीलाई दिने हक दिएको छैन । उहाँले के आधारमा वंगलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजराल आएका बेला नै त्यो बाटो हामीले पाएका छौं । यो कुनै नयाँ कुरा होइन । हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौ । वेच्न सक्दैनौ’, भट्टराईले प्रधानमन्त्रीको जवाफ मागे । उनले नेपाल सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने भन्दै जुनसुकै लम्पसारवाद विरुद्ध एमाले र संसद उभिने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला