2026-07-24 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित

जेठ २८, काठमाडौँ | भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।

इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि हो ।

यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०१२–२३ को सिरिजमा अस्ट्रेलियासँग परासिजत भएको हो ।

पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो । पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।

अस्ट्रेलियालाई १६ लाख डलर पुरस्कार

टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ । पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।

यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएका छन् । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ । छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक