Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई निलम्बन नगर्ने, थापाले फरकमत लेख्दै

२०८०, १० श्रावण बुधबार ०३:४४

साउन १०, काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज(बुधबार) कांग्रेसले निर्णय सुनाउँदै छ । पार्टीले लिने निर्णयका विषयमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा कांग्रेसले खाँणलाई निलम्बन नगर्ने निष्कर्ष निकालेको हो । 


त्यसप्रति महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन् । थापाले त्यसमा आफ्नो फरकमत रहने जनाउँदै पार्टीका कुनै सदस्यले फरकमत लेख्न चाहे दिनुपर्ने प्रस्ताव गरेका छन् । त्यस विषयमा कांग्रेस पदाधिकारी बैठक सहमतिमा पुगिसकेको छैन । दिउँसो ४ बजेका लागि केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा त्यसअघि सभापति शेरबहादुर देउवासहितका नेताहरू फेरि छलफलमा जुट्ने छन् । त्यसपछि मात्र केन्द्रीय समितिको बैठक सुरु हुने नेताहरूले जनाएका छन् । 

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति र स्थान तय गर्नेछ । साथै, केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिका तर्फबाट महामन्त्री थापाले पेस गरेको प्रस्तावलाई संशोधनसहित पारित गर्ने भएको छ । 

बैठकले जनजीविका सवालमा पार्टीसमेत सहभागि सरकारलाई केही मार्ग निर्देश गर्ने छ । पार्टीका सबै निकायलाई पूर्णता दिने तथा भ्रातृ संगठनका केन्द्रीय समिति गठनका विषयमा पनि बैठकले निर्णय गर्ने छ । साथै, गतवर्ष भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध खडा भएका नेता तथा कार्यकर्तालाई कांग्रेसले आम माफी नदिने भएको छ । तर, तल्लो तहको सिफारिसका आधारमा कारवाही प्रक्रियामा लचकता अपनाउने कांग्रेसले निर्णय गर्ने भएको छ ।

आज बस्ने बैठकले पार्टीको निर्णय गर्दै एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ