पढ्न करिब 1 मिनेट लाग्छ

रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।

विराटनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय समाजवादी फोरम परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो । फोरम नेपाल परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व जिल्ला सचिव राधे कामत, जिल्ला सदस्य लक्ष्मण साह, जिल्ला सदस्य ओमप्रसाद अग्रवाल, जिल्ला सदस्य एवं मुस्लिम फोरमका जिल्ला इन्चार्ज इमामुल हक अन्सारी रहेका छन् ।

यस्तै जिल्ला सदस्य तथा मधेश रक्षा दलका मोरंग अध्यक्ष कन्हैयालाल साह, सल्लाहकार भोगेन्द्र यादव, फोरम नेपाल क्षेत्र नं. ६ मोरंगका अध्यक्ष कमलेश कामत प्रिति झा लगायत करिब एक सय जना सद्भावना पार्टीमा प्रवेश गरेको विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष राकेश रोशन यादवले जानकारी दिए ।

फोरम नेपाल प्रवेश गरी सद्भावना पार्टी प्रवेश गरेपछि फोरम नेपाललाइ ठूलो धक्का लागेको छ । अहिले रामजानकी मन्दिर विराटनगरमा कार्यक्रम जारी रहेको छ ।