2026-07-11 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार पाकिस्तानी मोडेलमा गएको आरजुको आशंका, कांग्रेसलाई छानीछानी दुःख दिइयो

साउन २६, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाएकी छन् ।

संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा डा. देउवाले कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा आफूलाई दुःख लागेको बताइन् ।

राणाले भनिन्, ‘यस्ता मैले भारत पाकिस्तानमा मात्र देख्थें । एउटाले सरकारको लिड गर्छ, अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउँछ । अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो । आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दुःख लागेको छ ।’

उनले आफू कांग्रेस सभापति र पूर्वप्रधानमन्त्रीको पत्नी मात्र नभएर सांसदसमेत भएको व्यक्तिको नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै सामान्य मान्छेमाथि अत्याचार भइरहेको टिप्पणी गरिन् । उनले यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको समेत बैठकमा बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या