Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एउटै आरोपमा पक्राउ परेकाहरु कोही रिहा, कोही थुनामा किन ?

२०८०, २८ श्रावण आईतवार ११:३४

साउन २८, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्क्ली प्रमाणपत्रसम्बन्धी छानबिनमा बिहीबार मोरङ– ३ का सांसद सुनिल शर्मासहित ५ जनालाई पक्राउ गर्‍यो । भोलिपल्ट ५ जनालाई नै अदालत पेश गर्दा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनामा नराख्न र अरुलाई थुनामा राख्न आदेश दियो ।

अदालतले शर्मा निर्वाचित सांसद भएको, भागेर जाने सम्भावना नभएको, प्रमाण लोप गर्ने सम्भावना नभएको जस्ता कारण दिएर उनलाई तारेखमा छाड्न आदेश दिएको थियो । ‘निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत रहेको नदेखिदा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजातबाट नदेखिएको’ आदेशमा भनिएको छ ।

एउटै आरोपमा अनुसन्धानमा तानिएका शर्मा मेडिकल कलेज सञ्चालक र सांसद थिए भने अरु डाक्टरमात्रै थिए ।

जिल्ला अदालतबाट मात्र होइन, सर्वोच्चबाट पनि हालै केही यस्ता आदेश भएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदाल, काठमाडौंले सीआईबीलाई अनुमति दिएको थियो । तर उनी सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको ५ साउनको इजलास राउतलाई ‘पक्राउ नगरी गरिएको अनुसन्धान प्रभावकारी नहुने’ भन्ने प्रहरीको जिकिरमा सहमत भएन । सचिव राउत शाखा अधिकृत हुँदा ललिता निवासको जग्गासम्बन्धी मन्त्रिपरिषदको निर्णयको भूलसुधारका लागि फेरि मन्त्रिपरिषदमा प्रस्ताव लैजान उनले टिप्पणी पेश गरेका थिए ।

सर्वोच्च अदालतबाट तत्कालिन नायब सुब्बा योगराज पौडेलले भने सचिव राउतले जस्तो सुविधा पाएनन् । उनी २०६१ सालमा डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत हुँदा राणा परिवारकी सुनिती राणाको जग्गा हालसाविक गर्ने क्रममा टिप्पणी उठाएका थिए । आफूलाई गैरकानूनी रुपमा थुनिएको दावी गर्दै उनले पनि सचिव राउतले जस्तै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले उनको निवेदनमा दिएको आदेशमा भनिएको छ, ‘निजलाई थुनामा राख्नुपर्ने औचित्यता तथा थुनामा नराखी अनुसन्धान गर्दा निजले अनुसन्धानमा प्रभाव पार्न सक्ने नसक्ने, प्रमाणहरु लोप गर्न सक्ने नसक्ने अवस्था आदिका सम्बन्धमा वस्तुनिष्ठ विश्लेषण गरी काठमाडौं जिल्ला अदालतले उपयुक्त आदेश गर्ने नै हुँदा हाललाई बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिरहनुपरेन ।’

अदालतका यी आदेश झट्ट हेर्दा प्रभावशालीहरुको हकमा अदालत केही उदार भएको देखिन्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५७ मा गम्भीर र जघन्य प्रकृतिका कसुरमा आरोपितहरुलाई पक्राउ गरेर मुद्दाको अनुसन्धान अघि बढाउनुपर्ने व्यवस्था छ । आरोपित भागेर जाने सम्भावना नभएको, प्रमाण नष्ट हुने अवस्था नभएमा प्रहरीले उनीहरुलाई तारिखमा राखेर समेत मुद्दाको अनुसन्धान अघि बढाउन सक्छ ।

प्रहरीले पनि तल्लो तहका र सामान्य भूमिकाका कर्मचारीलाई पक्राउ गरेको र तर पक्राउ पूर्जी जारी भइसकेका उच्चपदस्थलाई भने पक्राउ नगरेको पाइएको छ । ललिता निवास जग्गा प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेर सीआईबीको थुनामा छन् भने उनका तत्कालिन सहकर्मी गेहनाथ भण्डारीलाई छानबिनको दायरामा ल्याएको छैन ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ घटनामा आरोपितको संलग्नताको मात्रा र घटनालाई हेर्ने न्यायाधीशको दृष्टिकोणका कारण अदालतको आदेशमा असमानता हुन सक्ने बताउँछन् ।

‘आरोपित के कस्तो कारणले घटनामा मुछिएका छन्, तिनको संलग्नताको मात्रा फरक हुनसक्छ’ उनी भन्छन्, ‘अर्कोतर्फ हरेक विषयवस्तुलाई हेर्ने न्यायिक दृष्टिकोण पनि न्यायाधीश अनुसार केही तलमाथि वा फरक हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ