Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण- दोषी देखिए महराजी मात्र होइन मलाई पनि हत्कडी लगाए हुन्छ

२०८०, २९ श्रावण सोमबार ०९:०४

साउन २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका छन् । बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि आफूहरुले सबैलाई दबाब नदिएको बताए ।

प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले भने, ‘अनुसन्धानको क्रममा जुनसुुकै व्यक्तिको नाम आएपनि कारवाही हुन्छ। पार्टीको व्यक्ति भनेर हुँदैन । महराजीको बारेमा अहिले कुरा आइरहेको छ । अनुसन्धान अगाडि बढाउँन सीआइवीलाई भनिसकेका छौं । तर, प्रक्रिया अघि बढाएको छैन । कुुनै विषयमा अनुसन्धानको क्रममा मेरो नाम भएपनि हत्कडी लगाएर मलाई लगे हुन्छ भनेको छु ।’

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । प्रधानमन्त्री र गृहमन्त्रीको दबाबको कारणले महरामाथि छानविन अघि नबढाइएको आरोप लाग्दै आइरहेको बेलामा उनले त्यसको खण्डन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी सरकारले अगाडि बढाएको अभियानले जनतामा उत्साह बढेको बताए। सरकारको कामलाई प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकरणको छानविनमा आफूले दबाब नदिएको बताए ।

कार्यक्रममा उपाध्यक्ष पम्फा भुषालसहित, उपमहासचिव जनार्दन शर्मा प्रभाकर, सचिव दीनानाथ शर्मा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेललगायत नेताहरुको उपस्थिति छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ