2026-07-11 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केशव स्थापितको राजीनामा स्वीकृत, यादव पनि एमालेबाट निकालिए

साउन ३०, काठमाडौँ | नेकपा (एमाले)को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।

“उहाँ (केशव स्थापित)ले मैले पार्टीको काम गर्न भ्याइनँ भनेर राजीनामा दिनुभएको रहेछ,” एक नेताले भने ।

उनले केही समयअघि राजीनामा दिएका थिए । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी पराजित भएका थिए ।

एमालेले अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि पार्टीबाट निष्कासन गरेको छ । सोही सचिवालय बैठकबाट उनलाई बिदा गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सिरहाका यादव पार्टीमा निष्क्रिय रहेकाले निकालिएको बताइएको छ ।

स्थापित र यादवको रिक्त स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या