Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने

२०८०, ३० श्रावण मंगलवार १०:५२

साउन ३०, काठमाडौँ | सरकारले सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.)सहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ । 

पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो । 

विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी भइरहेको छ । 


यो नियमावली संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुनेछ । 

योसँगै हाल कायम पर्वतारोहण शुल्क (रोयल्टी) समेत केही परिमार्जन गर्ने तयारी रहेको उनले रातोपाटीलाई जानकारी दिए ।

हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म (ऋतु अनुसार) शुल्क तिर्नुपर्छ भने विदेशी नागरिकले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ । 

यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटर रेञ्जका हिमालहरु आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलरसम्म तिर्नुपर्ने हुन्छ ।

सोभन्दा तल ७ हजार ९९९ मिटरसम्मका उचाइका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ । सोही रोयल्टीलाई केही वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

यद्यपि, पर्वतारोहण सम्बन्धी नियमावली संशोधनपछि मन्त्रीपरिषद्को बैठकले पास गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ