२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा परिवारको आपत्ति

२०८०, १ भाद्र शुक्रबार ०७:२१

भदौ १, काठमाडौं | नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा उनको परिवारले आपत्ति जनाएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो ।

गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति विना अस्तु विसर्जन कार्यक्रम राखेको बताएका छन् ।

परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले विना स्वीकृति गर्ने यस्तो कार्य स्वीकार्य नभएको भन्दै उनीहरुले विज्ञप्ति भनेका छन्, ‘यस्तो अशोधनीय क्रियाकलापले हामीलाई मर्माहत बनाएको छ ।’ 

मौखिक आग्रह र लिखित रूपमा अस्तु विसर्जन नगर्न अनुरोध गर्दागर्दै पनि समितिका कञ्चन झा, रामपल्टन शाहलगायतले अस्तुको राजनीति गर्न खोजिरहेको परिवारको आरोप छ। समितिले अस्तु विसर्जनको बहानामा चन्दा उठाएको आरोप पनि परिवारले लगाएको छ । ‘अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? जबकि उहाँको अस्तु हामीसँग सुरक्षित छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरले गिरिको आत्माको चिर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना