2026-09-28 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिलाले वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क फिर्ता पाउँछन्, अभिमुखीकरण तालिमको महत्व

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । 

– वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको बारेमा सामान्य जानकारी भए तापनि यस पूर्व प्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै बिषयमा जानकारी प्राप्त हुन्छ । 

– यो तालिम २ दिन (१४ घण्टा) को हुन्छ ।

– वैदेशिक रोजगार विभागबाट अनुमती प्राप्त संस्थाहरूबाट मात्र अभिमुखीकरण तालिम लिनुपर्दछ ।

अभिमुखीकरण तालिमबाट मुख्यतया निम्न लिखित विषयहरूको जानकारी पाउन सकिन्छ:

क) वैदेशिक रोजगार सम्वन्धी कानून

ख) यात्रा पूर्वका तयारी

ग) यात्राको क्रममा अपनाउने प्रकृया

घ) आचरण, स्वास्थ्य र तनाव व्यवस्थापन

ङ) सूचना प्रविधिको प्रयोग

च) कार्यस्थलमा अपनाउन पर्ने सावधानी र सुरक्षा

छ) स्वास्थ्य र व्यवसायजन्य सुरक्षा

ज) पारिश्रमिकको व्यवस्थापन

झ) सहयोगी निकाय र सहयोग लिने तरिका

ञ) गन्तव्य मुलुकको अवस्था र त्यहाको श्रम कानूनको सामान्य जानकारी

ट) गन्तव्य मुलुकको आधारभूत भाषा/शव्दहरु

महिला कामदारले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सोधभर्ना पाइन्छ ।

यसका लागि तालिम केन्द्रले शुल्क लिएको सक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र पासपोर्टको प्रतिलिपि राखेर सचिवालयमा निवेदन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु