Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई राणाको प्रश्न : चीन भ्रमणका एजेन्डा र प्राथमिकता केके छन् ?

२०८०, १२ भाद्र मंगलवार ०५:५५

भदौ १२, काठमाडौँ | कांग्रेस सांसद उदय शमशेर राणाले प्रधानमन्त्री प्रचण्डलाई तीन वटा प्रश्न गरेका छन् ।

उनले  उपत्यकाभित्र बढ्दो जनसङ्ख्यालाई व्यवस्थित गर्न चक्रपथ बाहिर नगर र गाउँ जोड्न विस्तार गर्ने सडक नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाए पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकास समस्या परेको भन्दै उपत्यकाको ३५ प्रतिशत भूगोल ओगट्ने ललितपुर १ जोड्ने तीन सडकलाई मुअब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विधेयक गरिएको बताए । साथै उनले यी वैकल्पिक सडक र नयाँ बस्ती विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ रु भनेर प्रश्न गरे ।

यस्तै उनले यति वेला आर्थिक इन्डिकेटर सकारात्मक, भुक्तानी सन्तुलन पनि राम्रै छ तर अर्थतन्त्र अवरुद्ध अवस्थामा रहेकाले वैदेशिक लगानी सहयोग बढ्न नसकेको बताए । उनले आन्तरिक लगानी बढाउन सरकारको प्राथमिकता नभएको भन्दै  बैंकमा पैसा थुप्रिएको छ तर साना मझौला उद्योगले पैसा नपाएको गुनासो गरेकाले असन्तुलन आर्थिक व्यवस्थालाई सन्तुलनमा ल्याउन सरकारको योजना के छ भनेर प्रश्न गरे । राणाले प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकता केके हुन् ?भनेर पनि प्रश्न गरे । 

जवाफ दिँदै प्रधानमन्त्रीले काठमाडौँ उपत्यकामा पूर्वाधार विकासमा बजेट विनियोजन गरेको तथा ललितपुर निर्वाचन क्षेत्र १ जोड्ने सडकका सरकारले ध्यान दिने बताए । उनले सरकारले चालेका कदमबाट अर्थतन्त्र बिस्तारै सहज अवस्थामा गएको राष्ट्र बैकको सूचकाङ्कले पनि देखाएको बताए । 

‘२०८० असार मसान्तसम्म २८० अरब ५२ करोड बचतमा रहेको छ । विदेशी संचिति गत वर्षको यही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५ सय ३९ अरब ३६ रुपैयाँ पुगेको र यसले १० महिना धान्न सक्नेछ’, प्रधानमन्त्रीको जवाफ छ । 

वैदेशिक रेमिट्यान्समा वृद्धि भएको भन्दै वैदेशिक लगानीको स्वीकृति बढाउने काम भएको, जग्गाको कित्ताकाट खुलाएको भन्दै उनले उत्पादन मूलक तीन करोड ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्रीको भनाइ छ । 

निकट भविष्यमा हुने चीन भ्रमण दुई देशबिचको सम्बन्धलाई थप उचाइ तथा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने, सीमा नाका प्रभावकारी तथा सडक, ऊर्जा ,व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको जवाफ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ