Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भलिबल हेर्न उपस्थित दर्शकको संख्याले विश्व कीर्तिमान बनायो

२०८०, १४ भाद्र बिहीबार ०७:१२

भदौ १४, काठमाडौँ | सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो । केही राष्ट्रमा क्रिकेट खेल हेर्न पनि रंगशालामा दर्शक खचाखच भरिएका हुन्छन् ।

अन्य खेलमा भने ठूलो सँख्यामा दर्शक उपस्थित भएको पाइँदैन ।  तर, हालै अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएको दर्शकको सँख्याले भने विश्व कीर्तिमान नै बनाएको छ । सिकागोमा आयोजित भलिबल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढी दर्शक उपस्थित भएको समाचारमा जनाइएको छ । 


कुनै पनि महिला खेलमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो पटक हो । उक्त खेल नेबरास्का र ओमाहाबीच भएको थियो । खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीनजना दर्शक उपस्थित भएका थिए ।

यसअघि महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीच भएको फुटबल खेलले बनाएको थियो । बार्सिलोना र रियल म्याड्रिडबीचको उक्त खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । उक्त खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।

नेबरास्का र ओमाहाबीचको उक्त भलिबल खेल प्रदर्शनी खेल थियो । यसअघि भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए । यो प्रदर्शनी खेलका लागि भने निकैअघिदेखि प्रचारप्रसार गरिएको थियो ।

अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थित भएको यो पहिलो पटक हो । सन् १९९९ मा आयोजित फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनबीचको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ