2026-07-11 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकै पटक नेपाल प्रहरीका ४८ जना एसपी र १२० जना डीएसपीको सरुवा

भदौ १६, काठमाडौँ । एकै पटक नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको सरुवा गरेको छ । 

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।

भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा गरिएको जनाइएको छ । 

जसमा जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई पठाइएको छ भने सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ । 

यस्तै, जिल्ला प्रहरी कार्यालय भक्तपुरमा वेद विष्टलाई सरुवा गरिएको छ । रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, सुनसरीमा विपिन रेग्मी, उदयपुरमा रमेश थापा, इलाममा वासुदेव खतिवडा, कास्कीमा मोहन कुमार थापा, दाङमा रामबहादुर केसीलाई पठाइएको छ ।  

प्रहरी महानिरीक्षक बसन्त कुँवरले १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेका छन् । योसँगै केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।  

जसमा अमरबहादुर थापा क्षेत्रीलाई प्रहरी वृत्त महाराजगञ्जमा सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवस्रोत विकास विभागमा कार्यरत थिए ।

प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । 

यसैगरी प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्की, कालिकोटमा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, पर्वतमा खुमलाल भुसाल तथा सङ्खुवासभामा घनश्याम श्रेष्ठलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस