Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चार समस्या औल्याउँदै माओवादीबारे नारायणकाजीको समीक्षा- लुकाउनुपर्ने कुरा छैन, पार्टीमा भ्रष्टीकरण बढ्यो

२०८०, २२ भाद्र शुक्रबार ०८:३८

भदौ २२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा अहिले देखिएको चार समस्या औंल्याएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधनको क्रममा पार्टीमा भ्रष्टीकरण बढेको स्वीकारेका हुन् ।

उनले अन्य पार्टीभन्दा माओवादी फरक भएपछि पछिल्लो सयम पार्टी विधि, पद्धतिमा र विधान अनुकूल सामूहिक निर्णयबाट चल्न छाडेको गुनासो गरे । उनले पार्टीका नेताहरुको कुनै व्यापार व्यवसाय नभए पनि आलिशान जीवनशैलीले प्रश्न उठेको बताए ।

पार्टी रुपान्तरणको लागि जतनासँग माओवादी अभियान चलाइरहेको बेलामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसरी औंल्याए पार्टीको चार समस्याः

  • पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । विचार, सिद्धान्त धेरै उपेक्षित भएको छ । कसैलाई मतलब नै छैन । विचारका उज्यालो र सिद्धान्तको मार्गनिर्देशनअनुसार लामो समयसम्म क्रान्तिकारी अगाडि बढ्न सक्दैनन् । अहिले हामीमा अध्ययन पनि छैन । वैचारिक छलफल, सिद्धान्तको कुरा पनि छैन । अहिले नयाँ मान्छे पनि पार्टीमा छैन । त्यसकारण हाम्रो दृष्टिकोण, विचार, सिद्धान्तको कुरा सही छ । त्यसलाई विकास गरेरमात्रै नेपाललाई बनाउन सक्छौं भन्ने कुरामा ध्यान जान छाड्यो । हाम्रो विचलन त्यहाँ भएको छ ।
  • पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्‍यो । विधान अनुकूल सामूहिक चलाउनुपर्‍यो । गुटबन्दी, व्यक्तिवादी व्यवहार गर्नुभएन । विधि सम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर्‍यो र कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नुपर्‍यो । निष्ठावान, सैद्धान्तिक र जनताको सेवा गर्छन्, जो भ्रष्टाचार गर्दैन, तिनलाई मुख्य जिम्मेवारी दिनुपर्छ । हाम्रो त्यहाँ पनि कमजोरी हुन थालेको छ । विधि, पद्धति नमान्ने । कोही अराजक छन्, कोही पद पाएपछि मै सर्वेसर्वा हो भन्ठानेर नोकरशाही छन् ।
  • अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । आफ्नो पैतृक सम्पति त्यति देखिएको छैन । पार्टीले पैसा पनि दिएको छैन । दिनसक्ने हालत पनि छैन । हाम्रो केही पनि नभएका पूर्णकालीन कार्यकर्तालाई बचाउन सहयोग गर्न सकेको छैन । सुख र विलाशी जीवन बिताउन पार्टीले कसैलाई पैसा त दिएको छैन । काम गरेको, कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यसकारण हाम्रो पनि भ्रष्टीकरण बढ्दै गएको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।
  • जनतासँग हाम्रो सम्बन्ध कमजोर भएर गएको छ । पहिलाको मजदुर, किसान, दलित, गरिब, सुकुमबासी, जनजातिहरुसँग सम्बन्ध राख्थ्यौं । उनीहरुका मुद्दा उठाउँथ्यौं । उनीहरुको हक अधिकारप्रति बोल्थ्यौं । उनीहरुको घरमा बस्थ्यौं, जान्थ्यौं, छलफल गर्थ्यौं । हो, अहिले संघर्षको स्वरुप परिवर्तन भएकाले संसदमा जानुछ । सरकार चलाउनुछ । त्यो काम त बढेकै छ, अलिक फरक मोर्चाको काम । तर, त्यसो भनेको जनतासँगको सम्बन्ध छाड्दिने भनेको हो ? त्यो भनेको दलाल नोकरशाही, पूँजीपतिसँग सम्बन्ध बढाउने, उसैसँग मात्रै उठबस गर्ने, ठेकेदार, व्यापारी, अलिकति पैसा भएकै मान्छेसँग मात्रै सम्बन्ध राखेर आफ्नो जीवन चलाउने अनि जनता र कार्यकर्तालाई चासो नदिने भन्या हो र ? होइन नि ! त्यहाँ पनि हाम्रो कमजोरी हुन थाल्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ