2026-07-11 10:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई तरुण दलका अध्यक्षको चेतावनी- कि गृहमन्त्रीलाई हटाउनुस् कि आफैं हट्नुस्

भदौ २२, काठमाडौँ | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै गुरुङ आफ्नै पार्टीसमेत सहभागी माओवादी नेतृत्वको सरकारमाथि खनिएका थिए । कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।

यादवमाथिको आक्रमणमा उनले सिधै गृहमन्त्रीमाथि प्रश्न उठाए ।

उनले भने:

हाम्रो नेतामाथि दिनदहाडै खुकुरी प्रहार भएको छ, उहाँको हत्या गर्ने प्रयास भएको छ, म गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, उहाँसँग मेरो व्यक्तिगत रिसइवी छैन, तर घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ ।

अहिलेको गृहमन्त्रीमाथि हामीलाई विश्वास छैन । हाम्रो पार्टीका साथी र सुरक्षाकर्मीको काँधमाथि बन्दुक राखी पड्काउने काम माओवादीले गरेको छ । म सुरक्षा निकायलाई पनि चेतावनी दिन चाहन्छु, यदि गृहमन्त्रीको आदेशमा प्रयोग हुनुभयो भने तपाईंहरुको पनि खबरदारी हामीले गर्नेछौं ।

अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ । अब हामीमाथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशैभरिका विद्यार्थी साथीहरुलाई यो संविधान र व्यवस्थाको सुरक्ष ागर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म आन्दोलन जारी रहन्छ ।

पुष्पकमल दाहालज्यू, तपाईंसँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्नुस, या तपाईं नै हट्नुस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस