2026-07-11 10:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्ति

भदौ २२, कोशी | कोशी प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्री परिषद विस्तार हुने भएको छ ।

सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै मन्त्रीपरिष विस्तारको तयारी भएको हो ।

दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने तयारी भएपनि भूगोल र जात जाती समेत मिलाउनु पर्ने दवाब आएपछि मुख्यमन्त्री हिक्मत कार्कीले थप १ मन्त्री र राज्यमन्त्री नियुक्ति गरि मन्त्री परिषद विस्तारको तयारी गरेका हुन ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन ।

मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन ।

एमाले स्रोतका अनुसार कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री हुने भएकी छन् । अहिले सपथ ग्रहणको तयारी भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस