2026-07-11 10:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवाद कार्यान्वयनबाट वर्ग सङ्घर्ष अन्त हुन्छ : माधवकुमार नेपाल

भदौ २३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् ।  पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए । समाजवाद कार्यान्वयबाट नै वर्गसङ्घर्ष अन्तय हुने उनको भनाइ थियो । 

अध्यक्ष नेपालले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरूपमा जनतालाई जानकारी गराउन आगामी असोज १४ देखि २९ गतेसम्ममा पार्टीले मेची–महाकाली अभियान गर्न लागेको जानकारी दिए । जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन एमालेसँग विद्रोह गरेको औचित्य पुष्टि भएको बताउँदै उनले पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोण ठीक रहेको बताउँदै कम्युनिष्ट पार्टीको मूलधारको नेतृत्व आफ्नो पार्टीले गर्ने उल्लेख गरे ।

“नेतृत्व सही बाटोमा अघि बढ्न सके पार्टीभित्र लोकतान्त्रिक मूल्य, मान्यता स्थापित भई जनताको सामाजिक रुपान्तरण, देश विकासको चाहना पूरा हुने र समृद्धितर्फ पुग्न सकिन्छ”, उनले भने । पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता अध्यक्ष नेपालले व्यक्त गरे ।

महासङ्घका अध्यक्ष विष्णु लम्सालले समाजवादमा श्रमिक वर्गका हकहित, अधिकार सुरक्षित गर्न सकिने बताए । कार्यक्रममा ६० जना पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस