2026-07-11 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, देशभर शोक बिदा हुने

भदौ २६, काठमाडौँ | नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

विदेशमा रहेका नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको हो ।


हृदयघातका कारण आज (मंगलबार) नेम्वाङको निधन भएको थियो । नेम्वाङ दुई छोरा र दुई छोरी रहेका छन् । दुवै छोराहरु विदेशमा छन् ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय गरेको छ । जसअनुसार पर्सि बिहीबार नै देशभर शोक बिदा हुनेछ ।

नेकपा एमालेले शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा ३ दिन आधा झुकाउने निर्णय पनि गरेको छ ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि बुधबार अपराह्नपछि मात्रै नेपाल आइपुग्नेछन् । अस्ट्रेलिया रहेका कान्छा छोरा सुहाङ बुधबारै राति काठमाडौं पुग्ने जनाइएको छ ।

भोलि बुधबार दिनभर नेम्वाङको पार्थिव शरीर एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ । उनको हृदयघातबाट गए राति निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस