Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखर–गगन पक्षको बैठक : वार्षिक कार्यतालिका अवरुद्ध हुन दिँदैनौं

२०८०, २ आश्विन मंगलवार १२:०५

असोज २, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय लिएको छ ।

नेता शेखर र महामन्त्री गगन थापा पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ । संस्थापनइतरका नेता शेखरको सम्पर्क कार्यालयमा बैठक बसेको थियो ।


‘कार्ययोजना र कार्यतालिका सहित पार्टी अघि बढेको छ । कार्यतालिकाको समीक्षा गर्नुपर्दछ,’ बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य दिलन्द्र बडुले भने, कार्यक्रमहरुको निरन्तरता हुनुपर्दछ । कार्यतालिकालाई अवरुद्ध हुन दिन हुँदैन ।’

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो ।

असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डा के के हुन सक्छन् भनि बैठकमा छलफल भएको बडुले जानकारी दिए । कार्यतालिका कार्यान्वयन भएन नभएको र नभएको भए किन हुन सकेन भनि केन्द्रीय समिति बैठकमा समीक्षा हुनुपर्ने बडुले बताए ।

महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बैठकमा अनुपस्थित भएको बारे सोधिएको प्रश्नमा बडुले खबर गरेकाहरु आएको जवाफ दिए । महामन्त्री शर्मा र पौडेललाई बैठकमा बोलाइएपनि अनुपस्थित रहेका रहे ।

सरकारको प्रभावकारीता कमजोर रहेको बैठकले कुरा उठेको छ । सरकारको विकल्पको बारेमा समूहमा छलफल हुन नसक्ने बडुले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना