Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री दाहालको चीन भ्रमणको औपचारिक घोषणा

२०८०, ४ आश्विन बिहीबार ०७:२१

असोज ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो ।

यही सेप्टेम्बर २३ देखि ३० (असोज ६ देखि १३ गते) सम्म एक साता प्रधानमन्त्री दाहालले चीन भ्रमण गर्नेछन् । चीनका समकक्षी ली छियाङको निमन्त्रणामा हुन लागेको भ्रमणमा प्रधानमन्त्री दाहालको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने मन्त्रालयले जनाएको छ ।


यस्तै भ्रमण दलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरु पनि सहभागी हुने जानकारी दिइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ । दाहालले राष्ट्रपति सीसँग हाङझाउमा भेट गर्नेछन् ।

यसैगरी सेप्टेम्बर २३ मा हाङजाओमै हुने १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । यसक्रममा प्रधानमन्त्रीले चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल न्युयोर्कबाटै चीन जाने छन् । चीन भ्रमण सकेर असोज १३ गते प्रधानमन्त्री दाहाल काठमाडौं आइपुग्ने परराष्ट्रले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना