2026-07-11 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारी पक्षको दाबी

असोज ५, काठमाडौँ | सरकारी पक्षले शिक्षकहरुको आन्दोलन फिर्ता हुने दाबी गरेको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको र सहमति जुटिसकेका कारण शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

सञ्चारमन्त्री शर्माले शिक्षकहरुको आन्दोलन भोलि (शनिबार)बाट फिर्ता हुने बताइन्। सरकारसँग वार्ता सफल भइसकेकोले अब आन्दोलनको औचित्य नरहेको शर्माको भनाइ छ। 

शुक्रबार अपराह्न आन्दोलनरत शिक्षक र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो। वार्तामा शिक्षकका मागहरु सम्बोधन गर्ने गरी संसद्‌मा सहजीकरण गर्ने प्रतिबद्धता सरकारी पक्षले जनाएको छ। 

सरकारी प्रतिबद्धतामा आन्दोलनरत शिक्षकहरु पनि सहमत भएका छन्। सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता हुने मन्त्री शर्माको भनाइ छ। 

‘आन्दोलन फिर्ता हुन्छ। भोलि (शनिबार)देखि आन्दोलन फिर्ता हुन्छ। वार्ता गरेर समझादारीमा पुगिसकेपछि आन्दोलन गरिराख्ने कुरा भएन,’ मन्त्री शर्माले भनिन्। 

सरकार र शिक्षकहरुबीच भएको सहमतिलाई बुँदागत रुपमा उल्लेख गर्ने तथा अन्तिम रुप दिने कार्य भइरहेको मन्त्री शर्माको भनाइ छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट