2026-07-11 08:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन

असोज ६, नवलपरासी | राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको आज अनुगमन गरेका छन्  । पुल नहुँदा नारायणी नदीपारिका सुस्तावासीलाई आफ्नै भूमि आउजाउ गर्न निकै कठिन छ ।  अनुगमनपछि अध्यक्ष तिमल्सिनाले पुल निर्माण चाँडै सम्पन्न गर्न आफूले पहल गर्ने बताएका छन् । 

‘आफ्नै भूमि आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउन पुल निर्माण छिटो हुनुपर्छ’, अध्यक्ष तिमल्सिनाले भने, ‘यो पुल सुस्तावासी सपना हो ।’ विसं २०७५ मा आफू सुस्ता आउँदा पुल निर्माणको भौतिक प्रगति नभएको देखिएको बताउँदै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाँडै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । 

तत्कालीन समयमा पुलको योजना अघि बढाउन राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाको पनि भूमिका रहेको सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डेले बताए। 

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता थियो । एक हजार पाँच सय ७१ मिटर लम्बाइ र एक दशमलव ६ मिटर फराकिलो पुलको २९ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट