पढ्न करिब 2 मिनेट लाग्छ

असोज १८, धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यी सेवा सुरु गरिएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो ।

यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । सिकलसेल एनिमियाका रोगीको उपचारका लागि सिकलसेल एनिमियाको उपचार सेवा सुरु गरिएको हो । यी तीनवटै सेवाका लागि करिब रु तीन करोड ५० लाख मूल्यबराबरका अत्याधुनिक मेसिन उपकरणको व्यवस्थासहित अस्पतालमा सेवा सुरु गरिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले यी सेवाको आज शुभारम्भ गरे । सो अवसरमा मन्त्री थापाले स्वास्थ्य उपचारका लागि नागरिकले काठमाडौँ वा अन्यत्रै गएर उपचार गर्नु नपर्ने व्यवस्थाका लागि मन्त्रालयले प्रयास गरिरहेको बताए ।

बिरामीको उपचार गर्ने सवालमा अञ्चल अस्पताल मेरुदण्डका रुपमा रहेको भन्दै मन्त्री थापाले भने—“अस्पतालको परिसरमा बिरामी आइसकेपछि उसले उपचारका लागि बाहिर जानुपर्ने अवस्था आउनु हुँदैन । अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्ने प्रयास भइरहेको उनले बताए ।

मन्त्रालयमा भएको बजेट खर्च हुन नसक्ने यसअघिको अवस्थालाई तोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने—“म स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँ ।”

समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज पाण्डेयले अस्पतालले पु¥याएको सेवासुविधा र थप्नुपर्ने अन्य उपचार सेवा र पूर्वाधारका विषयमा बोलेका थिए ।

विसं २०४० मा अञ्चल अस्पताल बनेको १५० श्ययाको सेती अञ्चल अस्पतालमा पछिल्लो केही महिनादेखि आइसियु (सघन उपचार कक्ष) सेवासमेत सञ्चालनमा आएको छ । अस्पतालमा १९ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसारका चिकित्सक नभएको एवम् दक्ष चिकित्सकको अभाव रहेको कारण उपचार सेवा प्रभावकारी र गुणस्तरीय हुन सकिरहेको छैन ।